歌词
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोँचेर
तिमीलाई, फूल सोँचेर
मनको चाहा नलुकाऊ तिमी
मनको चाहा नलुकाऊ तिमी, भमरालाई दोष दिएर
कठै, भमरालाई दोष दिएर
फुलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
हो, फुलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
निदरीमा लुक्दै आउने मिठो सपना जस्ती तिमी
हजुरको नजर राम्रो, मिठो बोली-वचन राम्रो
हो, हजुरको नजर राम्रो, मिठो बोली-वचन राम्रो
सिङ्गो माया अटाउने कोमल मन झनै राम्रो
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोँचेर
तिमीलाई, फूल सोँचेर
मन को चाहा नलुकाऊ तिमी,भमरालाई दोष दिएर
कठै, भमरालाई दोष दिएर
तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
हो, तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
एक चिम्टी सिन्दुर खोज्छ, खाली सिउँदो सधैँ मेरो
गुराँसको रङ्ग चोरी सिन्दुर म हालिदीउँ की?
हो, गुराँसको रङ्ग चोरी सिन्दुर म हालिदीउँ की?
परेलीको बाटो गरी यो मनैमा लैजाउँ की?
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोँचेर
तिमीलाई, फूल सोँचेर
मनको चाहा नलुकाऊ तिमी
मनको चाहा नलुकाऊ तिमी, भमरालाई दोष दिएर
कठै, भमरालाई दोष दिएर