歌词
हे, बनमाराले वनै खायो
बनमाराले वनै खायो
पीरैपीरले जिउ खायो
एकै भेटमा निर्मोहीको
हो, एकै भेटमा निर्मोहीको यति धेरै माया लायो
भोक, सुर्ता सबै खायो
भोक, सुर्ता सबै खायो
आँखाबाट नीद खायो
नदेख्या भए हुन्थ्यो होला
हो, नदेख्या भए हुन्थ्यो होला, देखे पछि माया लायो
♪
हे, कति राम्रो सुहाएको फूलबुट्टे चोली
कति राम्रो सुहाएको फूलबुट्टे चोली
एकै पल्ट हाँसिदेऊ न दन्ते लहर खोली
एकै पल्ट हाँसिदेऊ न दन्ते लहर खोली
ला-ला-ला, ला-ला-ला, ला-ला-ला, ला-ला
पछ्यौरीमा पस्किदिऊँ कि इन्द्रेनीको लाली?
पछ्यौरीमा पस्किदिऊँ कि इन्द्रेनीको लाली?
हाँगा-हाँगा चैत फुल्यो, बैँस डाली-डाली
हाँगा-हाँगा चैत फुल्यो, बैँस डाली-डाली
बनमाराले वनै खायो
बनमाराले वनै खायो
पीरैपीरले जिउ खायो
एकै भेटमा निर्मोहीको
हे, एकै भेटमा निर्मोहीको यति धेरै माया लायो
आहै हो, आहै हो
ला-ला-ला-ला, ला, ला, ला, ला
♪
कता बग्यो आँखाभित्र सँगलिएको पानी
हे, कता बग्यो आँखाभित्र सँगलिएको पानी
मुटुभित्र मर्स्याङ्दीले हान्यो कुनाकानी
मुटुभित्र मर्स्याङ्दीले हान्यो कुनाकानी
ला-ला-ला, ला-ला-ला, ला-ला-ला, ला-ला
सबैलाई कहाँ मिल्छ भाग्य छानी-छानी?
सबैलाई कहाँ मिल्छ भाग्य छानी-छानी?
जुनी-जुनी सँगै बितोस् हाम्रो जिन्दगानी
जुनी-जुनी सँगै बितोस् हाम्रो जिन्दगानी
बनमाराले वनै खायो
बनमाराले वनै खायो
पीरैपीरले जिउ खायो
एकै भेटमा निर्मोहीको
हे, एकै भेटमा निर्मोहीको यति धेरै माया लायो
भोक, सुर्ता सबै खायो
भोक, सुर्ता सबै खायो
आँखाबाट नीद खायो
नदेख्या भए हुन्थ्यो होला
हो, नदेख्या भए हुन्थ्यो होला, देखे पछि माया लायो
एकै भेटमा निर्मोहीको यति धेरै माया लायो
नदेख्या भए हुन्थ्यो होला, देखे पछि माया लायो
एकै भेटमा निर्मोहीको यति धेरै माया लायो